विराटचाेक : पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्थाकाे वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुन्दरहरैँचा नगरपालिका १० मा रहेको संस्थाकाे अठारौं साधारणसभा शनिबार सम्पन्न भएको हाे ।
साधारणसभामा संस्थाका अध्यक्ष भिमप्रसाद आचार्यले संचालक समितिकाे तर्फबाट वार्षिक प्रगति प्रतिवेदन तथा चालू आ.व.काे कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।
२०६३ सालमा दर्ता भई निरन्तर दिगाे विकास र समृद्ध, सहकारी संस्थाकाे रूममा आर्थिक, सामाजिक विकाससंगै शेयर सदस्यहरूमा वित्तीय काराेबार गर्दै आएको संस्थाका अध्यक्ष आचार्यले बताए ।
संस्थाकाे कुल पुँजी २ कराेड ७७ लाख ४० हजार रहेको छ । यस्तै बचत निक्षेप ७ करोड ६५ लाख ८ सय रुपैंया रहेको छ । संस्थाले याे वर्ष ८ लाख ९८ हजार ३ सय ४१ रूपैयाँ सुद्ध नाफा कमाउन सफल भएको प्रतिवेदनमा जनाएको छ ।
साधारणसभाकाे अवसर पारेर संस्थाले विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको छ । जसमा समाजमा रहेर हरेक गतिविधिमा संलग्न १० जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको हाे । यसैगरी उत्कृष्ट मासिक बचतकर्ता छत्रछाया श्रेष्ठ र भिमगाेपाल ढकाललाई सम्मान गरेको हाे ।
यस्तै उत्कृष्ट ऋणी राजकुमार काफ्ले र हेमकला गुरूङलाई सम्मान गरेको छ । उत्कृष्ट बाल बचतकर्ता ईप्शा धमलालाई सम्मान गरेको हमे ।२०७९ सालकाे एसईईमा उत्कृष्ट जीपीए ल्याउने चेतन भट्टराई र गरिमा रिजाललाई सम्मान गरेको हाे ।
यसैगरी उच्चशिक्षा हासिल गर्ने शेयर सदस्य गाैरव कार्की र गान्दिप कार्कीलाई समेत सम्मान गरेको हाे ।
संस्थाले आव २०८०/८० काे नीति तथा कार्ययोजना समेत पारित गरेको छ । हाल संस्थामा ७ सय ९८ सदस्य रहेका छन् ।