फिचर शिक्षा समाचार स्वास्थ्य

पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहमा ७ हजार ८ सय विद्यार्थी दीक्षित 

विराटचाेक: पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोह शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सङ्कायका ७ हजार ८ सय ५६ जना विद्यार्थी दीक्षित भएका छन् ।

विभिन्न सङ्काय र तहका १९ जना विद्यार्थीलाई कार्यक्रममा स्वर्ण पदक प्रदान गरिएको थियो । २०७९ पुस १७ देखि २०८० पुस १५ सम्म सञ्चालित स्नातक, स्नातकोत्तर र दर्शनशास्त्रका शैक्षिक कार्यक्रम पूरा गरी लिइएको लिखित परीक्षामा पास हुने विद्यार्थीलाई कार्यक्रममा दीक्षित गरिएको हो ।

कार्यक्रममा कला सङ्कायतर्फ स्नातक तहमा ८२ र स्नातकोत्तर तहमा ७६ जना, कानुन सङ्कायतर्फ स्नातक तहमा २६४ र स्नातकोत्तर तहमा १०७ जना, शिक्षाशास्त्रतर्फ स्नातक तहमा ६३६ जना र स्नातकोत्तर तहमा १६७ जना विद्यार्थी दीक्षित भएका छन् ।

त्यस्तै व्यवस्थापन सङ्कायतर्फ स्नातक तहमा १५९७ जना, स्नातकोत्तर तहमा ७६० जना र दर्शनशास्त्र तहमा ३ जना चिकित्साशास्त्र सङ्कायतर्फ स्नातक तहमा २४६३ जना र स्नातकोत्तर तहमा १५ जना, विज्ञान तथा प्रविधि सङ्कायमा स्नातक तहमा ६३४ जना र स्नातकोत्तर तहमा ५२ जना तथा इञ्जिनियरिङ सङ्कायतर्फ स्नातक तहमा ८९२ जना र स्नातकोत्तर तहमा १०८ जना गरी ७८५६ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।

विद्यार्थीहरुलाई पूर्वाञ्चल विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दीक्षित गराउनुभएको थियो