विराटचाेक: पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय गाेठगाउँको सुधारका निम्ति उपकुलपतिसँग विभिन्न मागहरू प्रस्तुत गरिएको छ । सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकालले उपकुलपतिको रूपमा आएका डा. विजुकुमार थपलियालाई सफल कार्यकालको शुभकामना दिँदै विभिन्न मागहरू राखेका हुन् ।
निवर्तमान मेयर ढकालले विश्वविद्यालयमा प्राविधिक शिक्षामा जोड दिनुपर्ने, मेडिकल कलेज संचालनकालागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने, विभिन्न विषयहरूमा स्थानीय विधार्थीहरुकोलागि अलग्गै प्रतिस्पर्धा कोटाको निर्धारण गरिनुपर्ने माग राखेका छन् ।
यस्तै विश्वविद्यालयको जग्गा तथा सम्पति सामान सुरक्षित हुनुपर्ने, रोकिएको परीक्षाफल प्रकाशन गरिनुपर्ने, विश्वविद्यालयमा रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने, अस्पतालमा नियमित डाक्टरको सेवा लगायत अन्य सेवाहरु उपलब्ध हुनुपर्ने जस्ता मागहरू राखेका हुन ।
विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरु सहित उपकुलपति थपलिया सँगको भेटमा ढकालले विश्वविद्यालय सुधारको लागि स्थानीयले भरपुर सहयोग गर्ने बताउँदै राजनीतिक दल तथा व्यक्तिहरूको दबाबमा भन्दा स्थानीयको आवाजलाई ध्यान दिनुपर्ने बताएका थिए । विश्वविद्यालयमा पठनपाठन र अस्पताललाई थप गुणस्तरीय बनाउन आफुलागि पर्ने थपलियाले बताए ।