कृषि-बातावरण कोशी प्रदेश पर्यटन फिचर शिक्षा समाचार स्थानिय स्वास्थ्य

पूर्वाञ्चल विश्वविद्यालयमा निमका बिरुवा राेपियाे

विराटचाेक:  माेरङकाे सुन्दरहरैँचास्थित गाेठगाउँमा रहेको  पूर्वाञ्चल विश्वविद्यालय परिसरमा निमका बिरुवा रोप्ने अभियान तीव्र गतिमा अघि बढिरहेको छ। विश्वविद्यालयका अनुसार हालसम्म करिब ४ हजार बिरुवा रोपिसकिएका छन्।

जैविक विषादी उत्पादनको तयारी गरिरहेका बाबुराम निरौलाले बिरुवा निःशुल्क उपलब्ध गराउनुका साथै आफ्नै पहलमा विश्वविद्यालय परिसरमा व्यापक रूपमा रोप्दै आउनुभएको छ।

विश्वविद्यालयले यस अभियानलाई वातावरण संरक्षण र हरियाली विस्तारसँगै औषधीय तथा कृषि उत्पादनमा उपयोगी हुने दीर्घकालीन योजनासँग जोडिएको जनाएको छ। स्थानीय सरोकारवालाले विश्वविद्यालयमा सुरु गरिएको अभियानले क्षेत्रीय वातावरण संरक्षणमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।