लेटाङ नगरपालिकाले मोहिलाई प्राथमिकतामा राख्न थालेको छ । नगरपालिकाले आफ्ना औपचारिक तथा अनौपचारिक कार्यक्रममा बजारमा राखिएका पेयपदार्थको सट्टा मोहि दिन थालेको छ । बैठक तथा कार्यक्रममा मोहि खुवाउन थालेपछी प्रशंसा हुन थालेको छ ।
नगरपालिकाले मोहिलाई सबैले प्रयोग गर्न समेत आग्रह गरेको छ । उता पोखराको एउटा डेरिले त मोहिलाई ब्राम्डिङ गरेर बजारमा बिक्रि समेत गर्न थालेको छ ।
“चिसो भनेकै मोहि” नारा सहित, पोखरा २६ वुढीवजारमा रहेको वजगाई डेरीले मोहि वजारमा ल्याएको हो । पोखरामा नै पहिलो पटक मोहिलाई व्राण्डीङ गरी वजारमा विक्रिका लागि ल्याइएको र ग्राहकले अति नै रुचाएको डेरि सञ्चालक सन्तोष वजगाई वताउँछन् । दैनिक २ हजार लिटर भन्दा वढीको डिमान्ड छ, ग्राहकले अति नै रुचाएको हुँदा सोही अनुशार नै वोटल र प्याकेट दुवैमा विक्रि गर्दै आएका छौ । हाल पोखरामा मात्र उपलब्ध भएको मोही अव स्याङ्जा र तनहुँमा समेत विक्रि गरीने सञ्चालक वताउँछन् ।
