विराटनगर : प्याब्सन स्पोर्टस् मिट अन्र्तगत पहिलो दिनको खेलमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता लिएको छ ।
पूर्वाञ्चलले शुक्रबार दुई स्वर्ण जित्दै १० अंकसहित सुरूवाती अग्रता लिएको हो । सुन्दरहरैँचामा रहेको सिद्धार्थ स्कुलले एक स्वर्ण र एक रजक पदकसहित ८ अंक ल्याएर पछ्याएको छ । विराटनगरको एभरेष्ट स्कुलले एक स्वर्ण र एक कास्य पदकसहित ७ अंक ल्याएको छ ।
सहिद मैदानमा भएको लङजम छात्रातर्फ पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क.ले स्वर्ण पदक जितेकी छिन् । त्यसैगरी सिद्धार्थ सेकेण्डरीकी मोनिका मास्केले रजक र कास्य पदक मदर टेरेसा स्कुल विराटनगरकी पूजा यादवले जितेकी छिन् ।
यसैगरी लङजम छात्रतर्फ सिद्धार्थ स्कुलका सुवोद चौधरीले स्वर्ण पदक जितेका छन् । विराटनगरको मदर टेरेसा स्कुलका सुरज साहले रजत र कास्य पदक एभरेष्ट स्कुलका अपर्ण कार्कीले जितेका छन् ।
यसैगरी ज्याबलिङ थ्रो छात्रातर्फ भएको प्रतियोगितामा पूर्वाञ्चल एकाडेमी स्कुलकी कक्षा सातमा अध्ययरत सीतल मगरले स्वर्ण पदक जितिन् ।
त्यसैगरी रजत पदक रतुवामाइमा रहेको मुनाल आर्दश स्कुलकी छात्रा अमिसा ताजपुरिया जितेकी छिन् । कास्य पदक हरैँचा मोडलकी जयश्री माझीले जितेकी छिन् ।
त्यसैगरी सटपुट छात्रतर्फको विराटनगरको एभरेष्ट स्कुलका सुशान्त श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उर्लाबारीको सुनगाभा स्कुलका सुदिप श्रेष्ठले रजक पदक र कास्य पदक जनक मेमोरियल स्कुलका जनक तामाङ्गले जितेका छन् ।