कोशी प्रदेश फिचर विचार शिक्षा समाचार स्थानिय

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) कोशी प्रदेश कमिटीको तेस्रो अधिवेशन सम्पन्न

विराटचाेक:  प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) कोशी प्रदेश कमिटीको तेस्रो अधिवेशन बिराटनगरमा सम्पन्न भएको छ।

 नेकपा एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्यता तथा इ. प्रदीप नेपालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले इ. फडिन्द्र निरौलाको अध्यक्षतामा १७ सदस्यीय कमिटी निर्माण गरेको छ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालका केन्द्रीय सचिव आद्रता रेग्मीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे । 

साे अधिवेशनमा वर्तमान अवस्था, राज्य निर्माणमा इन्जिनियरहरुको भूमिकाका सम्बन्धमा महत्वपूर्ण छलफल भएको थियो। 

पिन कोशी प्रदेशको तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुमा: अध्यक्ष: इ. फडिन्द्र निरौला, उपाध्यक्ष: इ. संजय झा, सचिव: इ. बुद्धिनाथ तिम्सिना, सहसचिव: इ. सन्तोष राई, कोषाध्यक्ष: इ. महेश भण्डारी सर्वसम्मत चयन भएका छन् । 

कार्यक्रममा बाेल्दै प्रमुख अतिथीले कोशी प्रदेशमा नै पहिलो पटक मोबाइलबाट स्विच थिचेर प्रविधिको प्रयोगलाई अवलम्बन गरी पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा गुरु बरालले जबजकाे सिद्धान्तको प्रयोगमा निर्माण व्यवसाय तथा इन्जिनियरिङ क्षेत्रको भूमिकाका सम्बन्धमा प्रशिक्षणात्मक प्रस्तुति राख्दै सम्बोधन गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूकाे व्यापक उपस्थिति रहेको थियो ।