कृषि-बातावरण फिचर समाचार स्थानिय

फाेहाेर ब्यवस्थापन सम्बन्धि सम्भाब्यता अध्ययनका विषयमा छलफल

विराटचाेक । सुन्दरहरैँचा नगरपालिकाले फाेहाेर व्यवस्थापन गर्न सार्वजनिक नीजी साझेदारी (पीपीपी) अवधारणामा जाने विषयमा छलफल सुरू गरेको छ । आइतबार नगरप्रमुख केदारप्रसाद गुरागाईँ, उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चाैलागाईं, वडाअध्यक्ष, कार्यपालिका सदस्य, फाेहाेरमैला व्यवस्थापनका कर्मचारी समेत सम्मिलित सम्भाब्यता अध्ययन विषयक एक कार्यक्रम गरेको हाे ।

फोहोर व्यवस्थापन ठूलो चुनौतीको रूपमा देखिने र याे समस्याका विषयमा नीजि क्षेत्रसंगकाे सहकार्यमा आवश्यक रहेकाले छलफल गरिएको नगरपालिकाले जनाएको छ ।

छलफलमा सहभागीलाई विराटनगर उपमहानगर वातावरण शाखामा लामु समय काम गर्दै आएका कर्मचारी पुनम कुमार दाहालले सहजीकरण गरेका थिए ।

फाेहाेरमैलाकाे उचित व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा
सार्वजनिक साझेदारी अवधारणा, शहरी वातावरणका लागि सार्वजनिक नीजि साझेदारी कार्यक्रम, नमुना सार्वजनिक साझेदारी अवधारणा, सार्वजनिक नीजि साझेदारीका सम्भावनाका विषयमा सहजकर्ता दाहालले जानकारी गराएका थिए ।
यस्तै छलफलमा सहजकर्ताले फाेहाेर उत्सर्जन र स्रोतमै वर्गीकरण गर्न स्थानीय सरकारले नीजि क्षेत्रसंग सहकार्य गर्दा विशेष ध्यान पुर्याएर गहन छलफल र अध्ययन गर्नुपर्ने सुझाव समेत दिएका थिए ।

छलफलमा वडा नम्बर ९ का वडाअध्यक्ष प्रकाश श्रेष्ठले हाल कार्यरत सफाईका कर्मचारीकाे राेजगारीमा कुनै असर नपर्ने गरि कार्य अघि बढाउनुपर्ने बताए

नगरप्रमुख गुरागाईँले जैविक फाेहाेरबाट ग्यास र मल बनाउने र प्लास्टिक जन्य फाेहाेरलाई कम्प्रेस गरेर कच्चापदार्थका रूपमा बिक्री गर्ने गरि १ वर्ष भित्र काम सक्ने गरि कार्य सुरू गर्ने बताए ।

यसकालागि कार्यपालिका बाट निर्णय भएको र ग्लाेबल सूचना प्रकाशित गर्ने गरि तयारी भईरहेकाे शाखा प्रमुख वासुदेव अधिकारीले बताए ।