फिचर मनोरंजन/कला साहित्य समाचार

बर्बरिकले साङ्गीतिक माहाेलमा अभिनय सहित कवितावाचन गर्दा

विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिका स्थित सुकुना बहुमुखी क्याम्पसमा कवि भरत गुरागाईँ बर्बरिकले साङ्गीतिक रूपमा अभिनय सहितकाे कवितावाचन गर्दा सुकुना क्याम्पसकाे महाेल एकाएक कवितामय बन्याे ।

विराट साहित्य समाज सुन्दरहरैंचाद्वारा आयाेजित बर्बरिककाे बेजोड प्रस्तुतिमा अभिनय सहितकाे एकल कवितावाचनले उपस्थित सबैकाे मन छाेयाे। नयाँ आयम र शैलीका साथमा संगितले भरिएकाे मार्मिक कविता रसपानले सबैकाे अाँखा रसाए । `कविता भनेकाे यस्तो हुनु पर्छ´ भन्दै दर्शकदिर्घाबाट तारिफका साथ तालि बजि रह्यो ।

बर्बरिकले आफ्ना चर्चित कविता आमा र कैली गाई , दशै कहिले आउँछ , मानवताकाे कविता तथा मृत्यु हाेस न यस्ताे लगायत वाचन गरेका थिए । उनलाई कवितामा संगित भरेर वाद्यवाधन सहित भाेलामान गुरूङले सारङ्गी, जीवन घिमिरेले बाँसुरी, अनुप दियालीले तबला तथा नितेश गुरागाईँले पियानाे बजाएर साथै अन्य कलाकारले अनिनय गरेर साथ दिएका थिए ।

साङ्गीतिक रूपमा अभिनय सहित नाट्यप्रस्तुुतिबाट बर्बरिकले कवितावाचन गरेको कार्यक्रममा अन्य कविहरूले समेत उनका कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने थिए । उनले बर्बरिकले नाैलाे शैलीबाट संगितका साथमा अभिनयद्वारा प्रस्तुत गरेको कविताबाट आफु प्रवाहित भएको उल्लेख गरे । प्रा. डा. न्याैपानेले कवितावाचन मात्र राम्रो भएर नहुने बताउँदै कवितामा संदेश ,चेतना र परिवर्तनकाे संकेत हुन जरूरी रहेको जानकारी दिए । दिपक न्याैपानेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विदुर सुवेदीबाट भएको थियाे । कार्यक्रम उमानाथ भट्टराईकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।