अन्तर्राष्ट्रिय मनोरंजन/कला साहित्य

बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाए

बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले आफ्नो ट्विटरमा भारतीय नागरिकताको प्रमाण पत्रको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् । अक्षय कुमारले यस तस्बिरसँगै लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’ अक्षय कुमार क्यानडाका नागरिक थिए । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले अक्षय कुमारको नागरिकतामाथि प्रश्न उठाउने गर्थे । हालै अक्षय कुमारले एक अन्तर्वार्तामा आफूले भारतीय नागरिकताका लागि आवेदन दिएको र चाँडै नै यसबारे थप जानकारी दिने बताएका थिए ।

11 thoughts on “बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *