विराटचाेक: बालबालिका क्षेत्रमा काम गर्दै आएकाे किवानिस क्लव अफ सुन्दरहरैंचाले सोमबार न्यानो कपडा तथा स्टेशनरी समाग्री वितरण गरेकाे छ ।
सुन्दरहरैंचा नगरपालिका वडा -३ मा रहेको जननी आधारभुत विद्यालयका २५ जना बिपन्न परिवारका विद्यार्थीलाई २५ थान स्विटर, १ सय थान कापी , ५० थान पेन्सिल , इलेजर, कटर लगायत समाग्री वितरण गरेको किवानिस क्लव अफ सुन्दरहरैंचा अध्यक्ष पार्वति गच्छदारले जानकारी दिनुभयाे ।
केहि दिन अगाडि चिसो याम बढे संगै आर्थिक अवस्था कमजोर भएका बिद्यार्थी बालबालिका र बिद्यालयको भौतिक अवस्थाबारे सामाजिक सन्जालमा समाचार प्रबाह भएपछि किवानिसले वितरण गरेको हाे ।
सो विद्यालयका प्रध्यानाध्यापक निला कार्की भाण्डारीका अनुसार विद्यालयको भौतिक संरचना जिर्ण रहेको र बर्खायामा पानी चुहिने, जाडो झ्याल मर्मत हुन नसक्दा चिसो हुने र गर्मीमा टिन तातिदा रुखमुनी पढाउनु पर्ने बाध्यात्मक अवस्था हुने गरेको बताउनुभयाे । यसका साथै शुद्धखानेपानी समेत ब्यबस्थापन हुन नसक्दा स्थानिय सरकारले चासो दिनुपर्ने बताउनुभयाे ।
नगरपालिकाकै ओझेलमा रहेको याे विद्यालय वि.स २०४५ सालमा स्थापना भएको हो। यहाँबाट प्रारम्भिक अध्ययन गरेका विद्यार्थी कोहि शिक्षक, राजनीतिकर्मी , डाक्टर , बैंकर , निजामती कर्मचारी समेत बने तर हाल यहाँ न्युन संख्यामा गरिव तथा बिपन्न परिवारका बिद्यार्थी अध्यरत छन भन्दै समाग्री बितरण कार्यक्रममा सहभागी भएका बिद्यालयका संस्थापक अध्यक्ष रुद्र प्रसाद पोखरेलले स्थानीय सरकारले कुनै चासो नदिएको र नगरले हेरेजस्तो गर्ने गरेको बताएका छन ।
अध्यक्ष गच्छदारले महिला तथा बालबालिकाको क्षेत्रमा बिगत एक दशक देखि समाजिक क्षेत्रमा काम गर्दै आएकि छिन। आफ्नो कार्यकालमा बालबालिकाको लागि क्यान्सर तथा आँखा सम्बन्धि स्वास्थ्य शिविर, गरिव बिद्यार्थी २३ जनालाई एक वर्ष सम्म स्टेशनरी समान बितरण, बालबालिकाकालाई क्षमता अभिबृद्धि गर्न मनोबिर्ष तालिम कार्यक्रम लगायत योजना बुनेको बताईन।
आगामी दिनमा विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्भाङ्गिण विकासको लागि काम गर्ने, बालबालिकालाई शारिरीक,बौद्धिक, सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने अध्यक्ष गच्छदारले बताइन।
किवानिस क्लब अफ च्याटर प्रेसिडेन्ट शंकर बंजगाईं, बिकास बंजगाईं, बिधालय व्यस्थापन समिति अध्यक्ष कमल खबास, विद्यालयका शिक्षक, बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थितमा बितरण कार्यक्रम गरिएको थियो।




