कोशी प्रदेश फिचर मनोरंजन/कला साहित्य विचार शिक्षा समाचार

“बालमैत्री स्थानीय शासनमा सराेकारवालाकाे भूमिका” विषयक बक्तृत्वकलामा साेनिमा प्रथम 

विराटचाेक:  सुन्दरहरैँचा नगरपालिकाले आयाेजना गरेको बाल मैत्री स्थानीय शासन अभिमुखिकरण तथा विविध बाल प्रस्तुति प्रदर्शनी कार्यक्रम अन्तर्गत बाल मैत्री स्थानीय शासनमा सराेकार वालाकाे भूमिका विषयक वतृत्वकला प्रतियोगितामा सुविजीमुर मेमोरियल स्कुलकी छात्रा साेनिमा थापा प्रथम भएकी छन् । साेमबार भएको कार्यक्रममा दाेस्राे क्वेष्ट स्कुलकी छात्रा बिपस्ना राउत भएकी हुन्  । यसैगरी तेस्रो साजीलाल स्कुलकी भारवी निराैला र सान्त्वना प्रभात किरण स्कुलका छात्र अनमाेल प्रसाईं भएका छन् । 

अघिल्लो दिन वत्तृत्वकाे शीर्षक दिईएकाे थियो जसमा १४ जनाले भाग लिएका थिए । बिजेतालाई कार्यक्रमका अध्यक्ष उपप्रमुख अकली चाैधरी, अतिथि, सामाजिक विकास शाखा प्रमुख नगर बाल सन्जाल अध्यक्षलगायतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

दाेस्राे दिनकाे प्रमुख अतिथि माेरङ क्षेत्र नम्बर ३ का सांसद ज्ञानेन्द्र सुवेदी रहनुभएकाे थियो । उहाँले बाल मैत्री नगर निर्माणमा प्रदेशबाट गर्नुपर्ने सहयोग गर्ने जनाउनुभयाे । 

कार्यक्रम बाल गायक प्रितम आचार्यले गायत प्रस्तुत गरेका थिए । उनलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रभात किरण स्कुलका विद्यार्थीले उत्कृष्ट नाटक समेत मन्चन्न गरेका थिए । वर्तमान समयमा मुखिया हरूले बाल शाेषण गर्ने गरेको विषय बस्तुमा केन्द्रित रहेर नाटक प्रस्तुत गरेका थिए । सुन्दरहरैँचा नगरपालिकाले आगामी २०८३ जेठ ९ गते भित्र नगरलाई बालमैत्री घाेषणा गर्ने जनाएको छ ।