फिचर शिक्षा समाचार

बालिकाकाे उपचारका लागि लायन्सद्वारा सहयाेग

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचास्थित लायन्स क्लब अफ इन्द्रपुर, लायन्स क्लब अफ खोर्साने तथा लायन्स क्लब अफ विराटचोक सिटीले संयुक्त रूपमा राेगबाट ग्रसित बालिका जियाना बुढाथोकीलाई सहयोग गरेको छ।

नगरमा रहेका ३ वटा लायन्स क्लबले बोन म्यारो फयान्कोनी एनेमिया रोगबाट ग्रसित कक्षा २ मा पढ्ने सानी बालिकाकाे अवस्थालाई बुझेर मानवीय सहयाेग गर्ने साेचले रकम उपलब्ध गराएकाे हाे । नगरकाे वडा १० निवासी जीतबहादुर बुढाथोकी तथा यमुना बुढाथोकीकी ९ बर्षिया छोरी जियानालाई उपचारको लागि धेरै नै रकम सहयोग चाहीएकोले लायन्सले रू ५१ हजार सहयोग गरेको लायन्स क्लब अफ खोर्सानेका संस्थापक अध्यक्ष विप्लब बस्नेतले जानकारी दिए ।

बालिकाको उपचारको लागि धेरै भन्दा धेरै सहयोग आवश्यक परेकोले नानीलाई सहयोग गर्न चाहनेहरूले यहाँ राखिएको QR तथा खाता नम्बर मार्फत मानविय सहयाेग गरि दिन अपिल समेत गरिएको छ ।