बिराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ बिराटचाेक स्थितबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह पीआईटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
गत मंगलबार बिराटचाेकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको मोटरसाईकल को. ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद बिक्री गर्ने स्थानीय ४० बर्षीय शंकर दाहाल र धनपालथान गाउँपालिका-१ का १९ बर्षीय अजय मण्डल समेतलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिए । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको ।