विराटचाेक: मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित बानडाडाका विपन्न मुसहर बस्तीमा जेसीआई इन्द्रपुरले बुद्ध जयन्तीको अवसर पारेर “जेसीज भिलेज” अन्तर्गत चारवटा घरको एकै साथ शिलान्यास गरेको छ।

जेसीआई इन्द्रपुरको दीर्घकालीन परियोजनाको रूपमा अगाडि बढाइएको यस अभियानअन्तर्गत आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिने योजना रहेको संस्थाका अध्यक्ष जेसी आकाश दुलालले जानकारी दिए।

सामाजिक उत्तरदायित्व अन्तर्गत अघि बढाइएको यस योजनाले बस्तीका विपन्न परिवारलाई सुरक्षित तथा सम्मानजनक आवास प्रदान गर्ने लक्ष्य लिएको छ।
जेसीआई इन्द्रपुरले नेतृत्व विकास, सामाजिक कार्य र युवा सशक्तिकरणका क्षेत्रमा निरन्तर अग्रसरता देखाउँदै आएको छ।