कोशी प्रदेश जीवनशैली पर्यटन फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

बेलबारीमा ललितकला प्रदर्शनी सुरु, मुख्यमन्त्री हिक्मत कार्कीद्वारा उद्घाटन

बेलबारी: नेपाल ललितकला प्रतिष्ठा र बेलबारी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आजबाट प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एक विशेष समारोहका बीच प्रदर्शनीको उद्घाटन गरेका हुन्।

प्रदर्शनीमा नेपालको प्राकृतिक सौन्दर्य, संस्कृतिको झल्को दिने चित्रकला, सामाजिक यथार्थ झल्काउने डिजिटल आर्ट र परम्परागत मूर्तिकलाहरू मुख्य आकर्षणका रूपमा राखिएका छन्। प्रदर्शनी अवलोकनपछि कलाकारहरूको सिर्जनालाई प्रशंसा गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यस्ता सृजनात्मक प्रयासहरूलाई समर्थन गर्ने प्रतिबद्धता जनाए।

बेलबारी १ स्थित तमु बौद्धष्ट गुम्बामा आजबाट सुरु भएको प्रदर्शनी आगामी २० गतेसम्म जारी रहने छ । हेर्नुहोस् उद्घाटन सत्रमा देखिएका केही झलकहरु ।