विराटचाेक: मोरङको बेलबारी नगरपालिका-१ मा एक वृद्ध पुरुषले श्रीमतीको बीभत्स हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।घटना बुधबार बिहानका राति १ः४० बजेतिरको हो । बेलबारी-१ का ६० वर्षीय बमबहादुर लिम्बूले दाउ प्रहार गरी श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्या गरे ।
दाउ प्रहारबाट गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लगत्तै बमबहादुर आफूले सोही दाउले घाँटी रेटेपछि उनी गम्भीर घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घाँटी रेटेर गम्भीर घाइते अवस्थामा बमबहादुरलाई फेला पारेको थियो ।
बमबहादुरलाई उद्धार गरेर उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइपुर्याउनासाथ बिहान ३ः२० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरा बस्दै आएका थिए ।