माेरङ: बेलबारी उद्योग वाणिज्य संघले आज नेपाल उद्योग वाणिज्य महासंघको आधिकारिक सदस्यता प्राप्त गरेको छ।
यसै अवसरमा आज साँझ बेलबारी उद्योग वाणिज्य संघले कार्यालयको प्रांगणमा दिप प्रज्वलन समेत गरेको छ । दिप प्रज्वलनमा बोल्दै संघका सल्लाहकार राजेन्द्र बहादुर अधिकारीले शुभकामना प्रकट गर्दै महासंघमा जोडिए संगै यस संघको थप उचाइ बढेको बताए । उक्त कार्यक्रममा संघका प्रतिनिधि साथै बेलबारीमा स्थानीय व्यवसायीहरुको उपस्थित रहेको थियो । उद्योग वाणिज्य महासंघको बुधबार बसेको बैठकले बेलबारीलाई नयाँ सदस्य शाखाको रुपमा विस्तार गरेको हो ।
