खेलकुद खेलकुद फिचर समाचार स्थानिय

बेलबारी गोल्डकप: चित्लाङ सेमिफाइनलमा

विराटचाेक: मोरङको बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा काठमाडौंको चित्लाङ फुटबल क्लब पुगेको छ । बेलबारी–११ लक्ष्मीमार्गमा सोमबार भएको खेलमा चित्लाङले धनकुटाको राजारानी फुटबल क्लबलाई ३–१ गोलअन्तरमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।खेलको १६ औं मिनेटमा विदेशी खेलाडी हेनरीले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । ३३ औं मिनेट काठमाडौंका रोबर्टले गोल थप्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।
५६ औं मिनेटमा रोबर्टले व्यक्तिगत गोल दोब्बर बनाए भने टोलीको गोल संख्या तेब्बर बनाउन सफल भए । ६१ औं मिनेटमा धनकुटाका अनन्त तामाङले १ गोल फर्काए । म्यान अफ द म्याच रोबर्टले नगद ५ हजार प्राप्त गरे ।
एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबार काठमाडौंको ब्रिगेड ब्वाइज क्लब र बुटबलको बुटबल लुम्बिनी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।