विराटचाेक: माेरङकाे सुन्दरहरैँचा ११ स्थित बेलेपुरमा उर्जाध्यान शिविर शुरू भएको छ । सृजनशील समाज र राधाकृष्ण मन्दिरको संयुक्त आयाेजनामा कार्यक्रम भएको हाे । विहान मन्दिरको सभाहलमा ५० जना हाराहारी भेलाभई ध्यानयाेग गर्दै आएकाे उक्त संस्थाकि सचिव अनु बुढाथोकी गिरिले बताईन् । फागुन १६ गतेबाट ७ दिन सम्म चल्ने शिविरमा शारीरिक, मानसिक तथा तनाव व्यवस्थापन गर्न शरिरिकलाई फुर्तिलो बनाउन शिविरले सहयोग पुग्ने सहभागीले बताए ।
