विराटचाेक भजनशिरोमणि गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज निधन भएको छ । उहाँकाे ८२ वर्षको उमेरमा निधन भएकाे हाे । आचार्य विगत केही समयदेखि बिरामी हुनुहुन्थ्यो । आचार्यलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । उहाँको शव भोलि बिहान अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।आचार्यले मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ जस्ता धेरै गीतहरू गाउनुभएको छ । साथै उहाँले थुप्रै भजन, राष्ट्रिय गीत पनि गाउनुभएको छ ।
