विराटचोकः वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन् । कुनै बैंकले भने ब्याजदरमा परिवर्तन नगरी ब्याजदर प्रकाशित गरेका छन् ।
बैंकहरुको अधिकतम ब्याजदर १०.८९ प्रतिशत छ । कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया लगायतले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका हुन् । संस्थागततर्फ यी बैंकहरुले अधिकतम ८.८९ प्रतिशतका दरले ब्याज दिने भएका छन् ।
एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरुले भने साउन महिनाको तुलनामा ब्याजदर घटाएका छन् । सबैभन्दा कम ब्याजदर स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । सो बैंकको मुद्दति निक्षेपमा अधिकतममा ८.९२ प्रतिशत ब्याज दिने भएको छ । संस्थागततर्फ भने सो बैंकले ६.९२ प्रतिशतका दरले ब्याज दिने भएको छ ।
अन्य बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।

