समाचार

भदौ २३ जेनजी शहीद दिवस, ०८३ सालमा हुने सार्वजनिक बिदाको सूची प्रकाशित

विराटचोकः सरकारले वि.सं. २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक बिदाको सूचीमा भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रुपमा मनाउने निर्णय गरिएको छ । राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिको दिवसमा जेनजी शहीद दिवसलाई लिइएको छ ।

यसअघि १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार, सरकारले मङ्गलबार सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशन गरेको हो ।