फिचर समाचार

भुल्के बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा ढकाल चयन

भुल्के बचत तथा ऋण सहकारी संस्थाकाे वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकाे अठारौं  साधारणसभा शनिबार माेरङकाे सुन्दरहरैँचा ८ सलकपुरमा  सम्पन्न भएको हाे ।

उक्त साधारणसभाले टीकाराम ढकालकाे अध्यक्षतामा नयाँ संचालक समिति समेत चयन गरेको छ । जस्काे उपाध्यक्षमा प्रमेबहादुर भट्टराई, सचिवमा लेखनाथ सापकोटालाई चयन गरेको हाे ।

यस्तै सदस्यहरू गीता दाहाल लुईटेल, इन्दिरा प्रसाईं, महेश अधिकारी, दिवश रिजाल, लेखनाथ ढुंगेल,  गाेविन्द प्रसाद घिमिरेलाई चयन गरेको छ ।

यसैगरी लेखा समिति चर्फ संयाेजक प्रेमराज रेग्मी, सदस्य कृष्णप्रसाद ढकाल र धनवहादुर कार्कीलाई चयन गरेको हाे ।