फिचर समाचार

महानगरपालिका र सडक डिभिजन कार्यालय काठमाडौं बिच विवाद

काठमाडाैँ न्युरोड क्षेत्रमा फुटपाथ सडक फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि दुई निकायबीच विवाद बढेको छ। कार्यालयले सडक कालोपत्रे गर्न लागेपछि महानगरको प्रहरीले अवरोध गरेका हुन्।

सोमबार महानगरले फुटपाथ विस्तारका लागि भत्काएको सडकमा सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि महानगरपालिकाले हस्तक्षेप गरेको हो। महानगरका प्रहरीले सडक कालोपत्रे कार्यमा बाधा पुर्याउन कालोपत्रे रोक्ने कार्यमा नगर प्रहरीले हस्तक्षेप गर्न खोजेका थिए।

सोही क्रममा सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर अर्जुन नेपालीले अनुमतिबिना महानगरपालिकाले सडक भत्काएकाले आफूहरूले कालोपत्रे गर्न थालेको बताए।

काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेर सडक भत्काउने काम थालेको थियो। सोही विषयमा महानगर र सडक विभागबीच पत्र काट्ने तथा स्पष्टीकरण सम्मको तनावको स्थिति पैदा भएको थियो।