फिचर राजनीति समाचार

मादीमा सांसद लिङ्थेप सहित सर्वसम्मत प्रतिनिधि चयन,एमाले प्रदेश अधिबेशन

विराटचाेक नेपाल कम्युनिस्ट पार्टी एमालेकाे काेशी प्रदेश कमिटी अधिबेशनकाे लागि प्रत्येक पालिकाले प्रतिनिधि छनाेट कार्यलाई तिब्रता दिएका छन् । यसै अन्तर्गत संखुवासभाकाे मादी नगरपालिकाले सर्वसम्मत प्रतिनिधि छनाेट गरेकाे छ । जसमा प्रदेशसभा सांसद बिदुरकुमार लिङ्थेप सहित टंकप्रसाद दाहाल, पृथ कुमार पाठक र महिला तर्फबाट सुनिता दाहाललाई सर्वसम्मत छनाेट गरेकाे हाे । कतिपय पालिकामा प्रतिनिधि छान्नकालागि चुनावी कार्यतालिका सार्वजनिक भईरहदा मादिमा भने प्रदेशमै पहिलोपटक आफ्नो पालिकाले सर्वसम्मत प्रतिनिधि चयन गरेकाे नगर अध्यक्ष जीवन लिङ्थेपले बताए । प्रदेश अधिबेशन आगामि असाेज १२ र १३ गते बिराटनगर मा हुदैछ ।