सुन्दरहरैँचा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधान विपरीत भएको भन्दै नेकपा एमाले फेरी सर्वोच्च अदालत जाने भएको छ। संविधानका धारालाई छलेर मुख्यमन्त्री थापाले जबरजस्ती विश्वासको मत पाएको घोषणा गरिएकाले सर्वोच्च अदालत जाने तयारी रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए । मुख्यमन्त्रीले विश्वासको प्रयोजनका लागि बोलाइएको बैठक छलेर प्रदेशसभाकी सभामुख सिर्जना दनुवार काठमाडौँ हिँडेपछि र अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका ज्येष्ठ सदस्य बैठकमा उपस्थित नभएपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका काँग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए। उनै सांसद मुन्सरीले विश्वासको मत लिने बैठक सञ्चालन गरी मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेका वेला अध्यक्षको आसनमा अध्यक्ष मण्डलमा रहेकी गीता तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए। मन्सुरी समेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरी प्रदेशसभामा विश्वसको मत पाएका थिए भने विपक्षमा ३० मत परेको थियो।
सम्बन्धित समाचार
नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथग्रहण गर्दै
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथग्रहण गराउँदै छन्। शपथ ग्रहणका लागि दिउँसो २ बजेको समय तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। कोशी प्रदेशमा १० महिनामा पाँचपटक मुख्यमन्त्री परिवर्तन भइसकेका छन् । यसअघि एमालेका हिक्मतकुमार कार्की र नेपाली कांग्रेसका […]
प्रथम सुन्दरहरैँचा स्पाेर्टस् मीट, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
विराटचाेक: मोरङको सुन्दरहरैंचामा सञ्चालित प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीट र पाँचौ नगर स्तरीय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता २०८० आज सम्पन्न भएको छ । नगर खेलकुद विकास समिति सुन्दरहरैँचाको आयोजनामा एकसाथ सञ्चालन भएका दुवै खेलकुद प्रतियोगिताको आज सुन्दरहरैंचा ९ स्थित प्रस्तावित इन्द्रपुर रंगशालामा भव्य कार्यक्रमका बीच समापन गरिएको हो । पालिका स्तरका विद्यालयबाट छनौट हुँदै जिल्ला, प्रदेश […]
भाेली देखि माेरङ व्यापार संघ ट्रेड एक्स्पाे २ सय ४० स्टल रहने
विराटचाेक / विराटनगरमा भोली देखि शुरु हुने मोरङ ब्यापार संघ ट्रेड एक्स्पोमा ४ चारदेशका उत्पादनका २४० स्टल हुने भएका छन । आज आयोजकले पत्रकार सम्मेलन गरि विराटनगर २ विराट नर्सिङ होम नजिक पुस १६ गते सम्म सञ्चालन हुने एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तानका उत्पादनहरु […]