Uncategorized फिचर समाचार स्थानिय

मेची वहुउद्देश्यीयद्वारा बेलबारीका सेयर सदस्यलाई १ लाख ७७ हजार भन्दा बढिको सुविधा

बेलबारी सहकारी क्षेत्रमा अलग पहिचान बनाउन सफल मेची वहुउद्देश्यीय सहकारी संस्थाले सेयर सदस्यकाे हितमा काम गर्दै आएकाे छ । सदस्यलाई दिइने सेवा सुविधा हाेस् या आवास निर्माण यसले सबैकाे मन जित्दै आएकाे सरकारबाट समेत पुरकृत भएकाे याे सहकारीले सेवा कार्यालयबाट समेत यस्ता कामलाई प्राथमिकता दिएकाे देखिन्छ ।

बेलबारी सेवा कार्यालयले आर्थिकवर्ष २०७९।०८०मा बेलबारीका २२ जना सेयर सदस्यलाई १ लाख ७७ हजार रुपैयाँ भन्दा बढिको सुविधा प्रदान गरेको छ । सेवा कार्यालयले २०७९ साउन देखि २०८० असार मसान्तसम्मको अवधीमा सो सुविधा वितरण गरेको जनाएको छ । मेची बहुउद्देश्यीय सहकारी संस्थाको २७ औ वार्षिकउत्सव तथा २९औं साधारणसभा अन्तर्गत बेलबारीमा अयोजित बेलबारी सेवा कार्यालयस्तरको साधारणभामा सेवा कार्यालय व्यवस्थापन समितिका संयोजक सन्तोस कुमार राईले सो जानकारी दिनुभएको होे ।

बेलबारी सेवा कार्यालय अन्तरगतको वित्तिय अवस्था तथा गतिविधिबारे साधारणसभामा जानकारी गराउँदै सो अवधीमा सेवा कार्यालयले २ करोड १ लाख रुपैँया कर्जा बेलबारी क्षेत्रका सेयर सदस्यहरुमा लगानी गरेको पनि जानकारी दिनुभयो । बेलबारी सेवा कार्यालयको बचत निक्षेप रकमसाथै संस्थाको प्रधान कार्यालयबाट समेत रकम लिएर सदस्य व्यवसायीहरुमा लगानी गरिएको राईले जानकारी दिनुभएको हो ।

बेलबारी नगरपालिका वडानम्बर १ का वडाध्यक्ष मणी पुलामी मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भट्टराईले बेलबारी सेवा कार्यालयको लगानी वृद्धिमा विगतदेखि प्रधान कार्यालयले रकम दिएको र यो आर्थिक वर्षमा सेवा कार्यालयको आम्दानी वृद्धि गर्न अब करिब १ करोड रकम प्रधान कार्यालयले बेलबारी सेवा कार्यालयलाई लगानीका लागि उपलब्ध गराउने पनि जानकारी दिनुभएको छ । भट्टराईले संस्थाले दिर्घकालिन प्रकृतिका र सानो सानो बचत रकमलाई प्राथमिकता दिने निति रहेको पनि जानकारी दिनुभयो ।
मेची सहकारी बेलबारीमा दिन आएको भन्ने कुरालाई समुदायले बुझ्दै गएको र एक वर्षको अवधीमा बेलबारीका सेयर सदस्यले लिनुभएको सुविधाले पनि त्ससलाई पुष्टि गरेको बताउनुभयो । बेलबारी सेवा कार्यालयका अनुसार गत आवमा बेलबारीका १ जना सेयर सदस्यले क्यान्सर अप्रेसन वापतको रु ५० हजार सुविधा लिएका थिए । यस्तै १ जना सेयर सदस्यले पसलमा आगलागी भएपछि राहत स्वरुप ४० हजार सुविधा लिएका थिए । यस्तै शल्यक्रिया वापतको रु ७ हजार ५ सय सुविधा ८ जनाले लिएका थिए ।
यस्तै साधारणसभामा पनि ३ जना सेयर सदस्यलाई शल्यक्रियावापतको सुविधा जनही रु ७ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रममा प्लस टुमा उत्कृष्ट हुने सेयर सदस्यका छोरा हेनिस सुवेदीलाई रु १० हजार पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट बालबचतकर्ता साइरा राई तथा बचतकर्ताहरु मिना उप्रेती,मधु राई र उमेसकुमार ठाकुरलाई पनि पुरस्कृत गरिएको थियो । बेलबारी सेवा कार्यालय अन्तरत गत आर्थिक वर्षमा ४ सय ३४ जना सेयर सदस्य रहेका थिए भने बचतनिक्षेप १ करोड ९७ लाख रुपैयाँ रहेको थियो । यो आर्थिक वर्षमा २ सय सेयर सदस्य थप्ने सेवा कार्यालयको लक्ष्य रहेको सेवा कार्यालयले जानकारी दिएको छ । साधारणसभामा कार्याक्रममा उद्योग बाणिज्य संघ बेलबारीका महसचिव विवेक मिश्र, वडाध्यक्ष पुलामी लगायतले शुभकामना दिनुभएको थियो ।