फिचर समाचार

मेन्छ्याम बचत तथा ऋण सहकारीकाे साधारणसभा सम्पन्न

विराटचाेक:  मेन्छ्याम बचत तथा ऋण सहकारी संस्था लिमिडेडकाे दाेस्राे बार्षिक साधारणसभा सम्पन्न भएको छ । माेरङकाे सुन्दरहरैँचा १२ मा रहेकाे उक्त सहकारीकाे बचत तथा ऋण सहकारी भए पश्चात् काे दाेस्राे बार्षिक साधारणसभा शनिबार सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे सभाहलमा सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई रहनुभएकाे थियाे । सहकारी ऐन र सिद्धान्त अनुसार संस्थालाई ठिक ढंगबाट अघि बढाउन सदस्यकाे अहम् भूमिका रहने नगरप्रमुख गुरागाईले बताउनभयाे । 

यस्तै संचालक समिति, कर्मचारीलाई सदैव निग्रानि र खबर गरिरहनुपर्ने बताउदै सहकारी लाई बलियाे बनाउन संचालक कर्मचारी मात्रैले नहुने भन्दै सेयर सदस्यले चासाे देखाउनु पर्ने बताउनु भयाे   ।

साधारणसभासभामा सदस्यकाे सक्रिय सहभागीतालाई बढाउनुपर्ने बताउदै सहकारीलाई उत्पादन र आयआर्जनका रूपमा जाेड्नुपर्ने मा समेत जाेड दिनुभयाे  ।

 विदेशी आयातलाई राेक्न सहकारीले स्वदेशी उत्पादनलाई बजारमा ल्याई सहकारी सदस्य केन्द्रित हुनुपर्नेमा बताउनुभयाे । 

साधारणसभामा आर्थिक वर्ष २०७९/०८० का प्रगति एवम् २०८०/०८१ का लागि प्रस्तावित वार्षिक कार्ययोजना प्रस्तुत गरिएकाे थियाे ।  साधारणसभामा कार्यसमितिकाे तर्फबाट अध्यक्षकाे प्रतिवेदन कार्यवाहक अध्यक्ष रूपेश श्रेष्ठले  प्रस्तुत  गर्नुभएको थियो । २०६९ सालमा कृषि सहकारीकाे रूपमा दर्ता भई २०७८ बाट बचत तथा ऋण सहकारीमा गई काराेबार गर्दै आएकाे छ । 

यश सहकारीले सुन्दरहरैँचा, बेलबारी, केराबारी लगायत पालिकामा सदस्य विस्तार गरेर काम गर्दै आएकाे छ ।  अहिले संस्थामा १ हजार १ सय ९९ सदस्य रहेका छन् । 

साधारणसभाकाे अवसरमा संस्थाले विभिन्न क्षेत्रमा पुरस्कार तथा सम्मान गरेकाे छ । जसमा उत्कृष्ट काराेबार गर्ने ८ जनालाई सम्मान गरेकाे छ । यस्तै मासिक बचतकर्ता, ११ बाल बचतकर्तालाई सम्मान गरेकाे छ । ज्येष्ठ सदस्य तर्फ सिताराम नेपाललाई सम्मान गरेको छ ।  असल ऋणी, इमानदार, उत्कृष्ट र नियमित कर्मचारी पुरस्कृत समेत गरेकाे छ । जसमा लेखापाल रूवि देव उत्कृष्ट, बजार प्रतिनिधि  विनाेद श्रेष्ठ इमानदार, नियमित मेघराज खनाललाई पुरस्कृत गरेकाे छ । 

काेषाध्यक्ष कुमार गुरूङले संस्थाकाे वित्तीय अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।  यश सहकारीकाे शेयर पूँजी २०४३५,००० रहेकाे छ । यस्तै बचत निक्षेप ९७०८३९७५ रहेकाे छ । 

लेखा समितिकाे तर्फबाट संयाेजक नरबहादुर राईले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सचिव सीता राईले गर्नुभएको थियाे भने संचालन टेकराज तिम्सिनाले गर्नुभएको थियाे ।