फिचर समाचार स्थानिय

मेन्स रुम रिलोडेड (MRR) को १३औं वार्षिक उत्सव दमकमा मनाइयो 

नेपालमा युवाहरूबीच लोकप्रिय फेसबुक ग्रुप ‘मेन्स रुम रिलोडेड (MRR) ले आफ्नो १३औं वार्षिक उत्सव सामाजिक सेवाका साथ मनाएको छ। वार्षिक उत्सवको अवसरमा, समूहले दमक चियाबगानमा रहेको रत्न जेष्ठ नागरिक वृद्धाश्रम सेवा केन्द्रका करिब १० जना वृद्ध आमाबुवालाई खाना खुवाउने र आवश्यक सामग्रीहरू हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरेको हो।

MRR ले स्थापनाकालदेखि नै सामाजिक कामहरू गर्दै, समाजमा रहेको विकृति र विसंगतिविरुद्ध आवाज उठाउँदै र समसामयिक विषयमा छलफल गरी आफूलाई समाजको ऐना बनाउँदै आएको छ। यस पटकको वार्षिक उत्सवले पनि समूहको सामाजिक प्रतिबद्धतालाई झल्काएको छ।

समूहका सदस्यहरूले कार्यक्रमको माध्यमबाट वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूसँग समय बिताउँदै सहयोग र माया व्यक्त गरेका थिए। यस प्रकारका गतिविधिले समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाहरूको सक्रियता देखाएको छ।

मेन्स रुम रिलोडेड जस्तो फेसबुक ग्रुपले सामाजिक जिम्मेवारी बहन गर्दै आफ्नो स्थापना दिवसलाई यसरी स्मरणीय बनाउनु सराहनीय कार्य हो।