विराटचाेक: नेपाली साङ्गितिक बजारमा माया प्रेमले सजिएको गीत सुदान्स कार्कीकाे मुजिक भिडियो मेराे पहिलाे पहिलाे माया सार्वजनिक भएको छ।
गीतमा राष्ट्रिय भलिबल खेलाडी बिबेक कार्कीको अभिनय देख्न सकिन्छ। यस भिडियोमा अभिनयमा साथ दिइएकी छिन बिना राउत र बालकलाकार शोरा कार्कीले ।
उत्तम थापा मगरको रचना तथा संगीत रहेको गीतमा चन्दु गोर्खालीको अरेज्मेन्ट रहेको छ । क्यामरा मेन बिशाल थापा एडिटर नकुल खड्काको रहेको छ।
निर्देशक दिलिप समनले गीतको भिडियो उत्कृष्ट भएको र सबैले मन पराउनेमा आफु ढुक्क रहेको बताए । यस गीतलाई समिप इन्टर्टेमेन्टको युटुव च्यानलमा हेर्न सकिन्छ।