खेलकुद फिचर

मैत्रीपूर्ण खेलमा मोरङ प्रहरीलाई सुन्दर भेट्रानले गर्याे शून्यका विरुद्ध दुई गोल

गछियाः सुन्दरहरैंचा–७ गछिया खेलमैदानमा भइरहेको प्रथम आन्तराष्ट्रिय आमन्त्रण गछिया गोल्डकपमा आइतबार प्रतियोगिता अन्तर्गतका कुनै पनि खेल थिएनन् । आइतबार सुन्दर भेट्रान क्लब र मोरङ प्रहरी बीच मैत्रीपूर्ण खेल भएको थियो ।

दर्शकको अनुमानविपरीत खेलमा मोरङ प्रहरीलाई शून्यका विरुद्ध २ गोल सुन्दर भेट्रानले गरेको थियो ।

सुन्दर भेट्रानका तर्फबाट गछिया युवा समाजका अध्यक्ष सरोज दाहाल, खेल संयोजक प्रह्लाद थोप्रालगायतले पनि खेलेका थिए ।

आज राष्ट्रिय जागृति क्लब इटहरी र गाईघाट युनाइटेड फुटबल क्लबबीच दिउँसो २ बजे फाइनल खेल हुनेछ ।