फिचर मनोरंजन/कला साहित्य समाचार

मोरङका स्रष्टा भण्डारीको पछिल्लो कृति ‘बकसपत्र’ सार्वजनिक

मोरङ । मोरङको बेलबारीकी स्रष्टा विष्णु भण्डारी आचार्यको चौथो कृति ‘बकसपत्र’ सार्वजनिक भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्च चितवनको आयोजनामा सम्पन्न एक कार्यक्रमका बिच उक्त कृतिको लोकार्पण भएको हो ।
भाषाविद् प्राडा चूडामणि बन्धु प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कथाकार भण्डारीका अतिरिक्त थप २५ जना विभिन्न स्रष्टाका लघुकथा सङ्ग्रहहरूको एकमुस्ट रूपमा लोकार्पण गरिएको थियो । उक्त कार्यक्रममा पुस्कार लोहनी, आनन्द कार्की, ध्रुवमधुकर्मी, डा. विदुर चालिसे, नन्दकृष्ण जोशी, ललिता दोषीलगायतका वरिष्ठ लेखक तथा स्रष्टाहरूको उपस्थिति रहेको थियो ।


धनकुटा जन्म भई २०५० सालदेखि बेलबारी –८, राधानगर, मोरङमा स्थायी बसोबास गरिरहेकी उनले २५ वर्षसम्म शिक्षण गरेर २०७६ सालदेखि निवृत्त जीवन यापन गरिरहेकी छन् । अवकाशपछिको समयलाई भाषा साहित्यका साथै ‘जीवन विज्ञान’ नामक आध्यात्मिक संस्थामा सक्रिय रहँदै आएकी आएकी छन् ।
साठीको दशकबाट कलम चलाउन सुरु गरेकी भण्डारी यसअघि नै मान्छेको भिडाभित्र (कवितासङ्ग्रह) –२०७२, फेसबुक आइडी (लघुकथासङ्ग्रह) –२०७८, उघ्रेको आकाश (कथासङ्ग्रह) –२०७९ गरी तीनओटा विधा साहित्यका कृति प्रकाशित भइसकेका छन् ।