कोशी प्रदेश फिचर समाचार स्थानिय

मोरङ क्षेत्र नं. ३ मा आचारसंहिता र निर्वाचनबारे पत्रकारसँग छलफल

विराटचाेक: मोरङ क्षेत्र नं. ३ का लागि निर्वाचन अधिकृत रूद्र प्रसाद अर्यालको उपस्थितिमा आज पत्रकारहरूसँग आचारसंहिता तथा निर्वाचन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ र पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यले लागू हुने आचारसंहिता, मतदान प्रक्रिया, सुरक्षाका विषय र पत्रकारको भूमिकाबारे जानकारी गराइएको थियो।

छलफलका क्रममा निर्वाचन अधिकृत अर्यालले मोरङ क्षेत्र नं. ३ अन्तर्गत कुल मतदाता संख्या १ लाख ५८ हजार ५७ जना रहेको जानकारी दिनुभयो। उहाँका अनुसार यसमध्ये पुरुष मतदाता ७७ हजार १ सय ७० जना, महिला मतदाता ८० हजार ८ सय ८३ जना र अन्य ४ जना रहेका छन्।
यस क्षेत्रका लागि ५५ वटा मतदान स्थल र १७९ वटा मतदान केन्द्र तोकिएको बताउँदै उहाँले सबै मतदातालाई सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको बनाउनुभयाे ।