फिचर मनोरंजन/कला साहित्य स्थानिय

युवा व्यवसायी चाैलागाईँले गरे अक्षय काेषमा याेगदान

सुन्दरहरैँचा । सुन्दरहरैँचाका युवा समाजसेवी नेत्रप्रसाद चाैलागाईँले गरिब तथा विपन्न परिवारका सन्तानका अध्ययनमा सहयाेग पुग्नेगरी निवृत राष्ट्रसेवक समाज सुन्दरहरैँचामा १ लाख २५ हजार रकमकाे अक्षय काेष स्थापना गरिदिएका छन् । टि एन ग्रुप अफ कम्पनीका डाइरेक्टरसमेतरहेका युवा व्यवसायी चाैलागाईँले निवृत्त राष्ट्रसेवक समाजकाे काेसी प्रदेश अधिवेसनकाे अवसर पारेर उक्त अक्षय काेषकाे स्थापना गरिदिएका हुन् । 

बुढेसकालका व्यक्तिहरूबाट गरिएकाे प्रयासमा सहभागी हुन मन लागेर सानाे सहयाेग गरेकाे बताए । उनले आफूले राखेकाे काेषकाे व्याजबाट प्राप्त हुने रकमबाट गरिव तथा विपन्न परिवारका छाेराछाेराकाे पढाईँमा खर्च गरिदिन पनि आग्रह गरे । 

निवृत्त राष्ट्रसेवक समाज सुन्दरहरैँचा नगर समितिका अध्यक्ष उमाकान्त चम्लागाईँले आफूहरू संस्थाकाे दिगाेविकासका लागि अक्षय काेषलाई विस्तार गरिरहेकाे बताउँदै युवा व्यवसायीबाट आएकाे काेषले आफूहरूकाे उद्देश्य पूरा गर्न सहयाेगी हुने बताए । पूर्व शिक्षकसमेत रहेका अध्यक्ष चाैलागाईँले अक्षय काेष विस्तारमा सबैलाई सहयाेग गर्न पनि आग्रह गरे ।