काठमाडौँ । रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगितामा गायनतर्फ मोरङकाे सुन्दरहरैँचा ४ का मिलन परियार प्रथम भएका छन् । परियारले कृष्ण उदासीको रचना र गंगा गौतमको सङ्गीत रहेको ‘म घुम्टो उघार्छु’ बोलको गीत गाएका थिए ।
यस्तै सो प्रतियोगितामा महोत्तरीका समीर परियार द्वितीय भएका छन् भने मोरङका लेखराज ढकाल तृतीय भएका छन् ।
कार्यक्रममा निर्णायक मण्डलमा वरिष्ठ गायक तथा सङ्गीतकार मुरलीधर, रचनाकार तथा जनवादी गायक माइला लामा र गायिका लोचन भट्टराई रहेका थिए
प्रतियोगितामा देशभरिका प्रतियोगिहरुबाट छनौट भएका २१ वटा समूहको सहभागिता रहेको थियो । आधुनिक गीतसङ्गीत प्रतियोगिताको लागि ४८ जनाको दर्खास्त परेको थियो । रेडियो नेपालले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा शास्त्रीय सङ्गीत सम्मेलन र आधुनिक सङ्गीत प्रतियोगिताको आयोजना गर्दै आएको छ