राष्ट्रिय युवा संघ नेपाल इटहरी उप-महानगर कमिटीले इटहरी १८ को पञ्चायत आधारभुत निम्न माध्यामिक विद्यालय, महाङ्गकालेश्वर मन्दिर र ग्रामथाम परिसरमा वृक्षारोपण गरेको छ । राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत राष्ट्रिय युवा संघ इटहरी उप-महानगर कमिटीले इटहरी १८ मा रहेको पञ्चायत आधारभुत निम्न माध्यामिक विद्यालय, महाकालेश्वर मन्दिर र ग्रामथान मन्दिर परिसरमा बृक्षाराेपण तथा मन्दिर वरपर सरसफाइ गरेको हो । वृक्षारोपण कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल इटहरीका अध्यक्ष कमल दाहाल , इटहरी १८ काे अध्यक्षतामा, कोशी प्रदेश कमिटि सदस्य तथा युथफोस प्रमुख राजन बानियाकाे प्रमुख आथितित्यता, जनप्रतिनिधि राम कुमार चौधरीकाे विशेष आतिथ्यता , तथा काेशी प्रदेश कमिटि सदस्य अमित श्रेष्ठ, सुनसरी जिल्ला कमिटीका अध्यक्ष सुजन लामा , महाकलेश्वर मन्दीरका अध्यक्ष जनार्दन पाण्डे , पञ्चायत आधारभुत विद्यालयका अध्यक्ष हवाई चौधरी लगायतकाे आतिथ्यतामा वृक्षारोपण सम्पन्न गरिएकने थियाे ।
Enter




