खेलकुद

राष्ट्रिय वुमा कुङफु भदौमा हुने


काठमाडौंः नेपाल वुमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ २२ गतेदेखि हुने भएको छ । प्र

तियोगितामा सातै प्रदेशबाट ३३ जिल्लाका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले पत्रकार सम्मेलनमार्फत् जानकारी गराए ।

सान्डा र प्याटर्नमा गरी जम्मा ४७ स्पर्धामा खेल हुने र सान्डा र प्यार्टनमा उत्कृष्ट हुने पुरुष तथा महिला खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायकद्वय सिद्धार्थ लामा तामाङ र संजीतकुमार राई रहेका छन् । अन्य निर्णायकमा कमल मगर, रमेश महर्जन, भुपेन्द्र गुरुङ र मुन्नी सुवेदी लामा तामाङ छन् । श्याम डंगोल, मनोज विन्दुकार, सुदेन गुरुङ, सञ्जयराज पुटुवार, कुसुम तामाङ, सरिना घले, सुनिता श्रेष्ठ, पासाङ तामाङ, रविन पुटुवार, सिवान सुनुवार, निराजन मुक्तान, मनीष पुटुवार र श्रृषा खनालले रेफ्रीको भूमिका निर्वाह गर्ने भएका छन् ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक नेपाल वुमा कुङफु संघले शिवकुमार कुँवरलाई संयोजकको जिम्मेवारी दिएको छ । दुई दिने प्रतियोगिताका खेलहरु तारकेश्वर नगरपालिकाको जंरंकुमा हुने आयोजकले जनाएको छ ।

31 thoughts on “राष्ट्रिय वुमा कुङफु भदौमा हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *