विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० हरैँचामोडमा रहेको राेजाई मन्टेश्वरी स्कुलले आफ्नो दोस्रो अभिभावक दिवस भव्यताका साथ शनिबार मनाएको छ।
स्कुलकी प्रिन्सिपल मञ्जु आचार्यको सभापतित्व तथा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यमा दोस्रो अभिभावक दिवस सम्पन्न गरेको हाे । प्रत्येक कक्षाका उत्कृष्ट विद्यार्थीलाई अवार्ड वितरण गरिएकाे थियाे । यसैगरी शिक्षकलाई समेत विभिन्न विधामा अवार्ड प्रदान गरेको थियाे ।
कार्यक्रममा बाेल्दै नगरप्रमुख गुरागाईले विद्यालयमा विद्यार्थीले प्रस्तुत गरेका कला अभिनय उत्कृष्ट भएको भन्दै प्रसंशा समेत गरेका थिए । यस्तै व्यवहारिक ज्ञान तर्फ आजकाे समाज टेक्नोलोजीमा लाग्ने भएकाले अहिलेका बालबालिकालाई त्यसतर्फ ज्ञान दिनुपर्नेमा जाेड दिए । विद्यालयमा देखिएकाे समस्या समाधान गर्न आफू तयार रहेकाे समेत बताए ।
अभिभावक दिवसका अवसरमा विशिस्ट अतिथि सुन्दरहरैँचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल साथै अतिथिहरू क्रमशः सुन्दरहरैँचा वडा नं. १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल, बालप्रतिभा माध्यमिक विद्यालयका प्रिन्सिपल गणेशप्रसाद दाहाल, इन्द्रपुर नमूना माध्यमिक विद्यालयका प्रिन्सिपल शान्तिराम गौतम, सुन्दरहरैँचा सञ्चार क्लबका अध्यक्ष केपी घिमिरे लगायत रहेका थिए ।
कार्यक्रममा उक्त स्कुलमा अध्ययनरत दुईसय भन्दा बढी विद्यार्थीहरूले नृत्य, गायन, नाटक लगायतका सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुतिहरू राखेका थिए।
रोजाइ मण्टेस्वरी स्कुल वि.सं. २०७१ सालमा स्थापना भएता पनि स्कुलद्वारा बृहत् अभिभावक भेला गराएर यसप्रकारको अभिभावक दिवस भने दोस्रोपटक मनाइएको स्कुलका कार्यकारी निर्देशक महेश आचार्यले बताएका छन्। उनले भने हामी विद्यार्थीलाई व्यवहारिक ज्ञान सीप र समाजमा घुलमिल हुने खालकाे शिक्षामा जाेड दिदै आएका छाैँ ।
स्कुलले आफ्नै प्राङ्गणमा आयोजना गरेको अभिभावक दिवसका अवसरको विशेष शैक्षिक तथा सांस्कृतिक कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध महानुभाव तथा अभिभावक, शिक्षक, विद्यार्थी समेतकाे उल्लेख सहभागीता रहेकाे थियाे ।