कोशी प्रदेश फिचर मनोरंजन/कला साहित्य शिक्षा समाचार स्थानिय

रोजगारी र अध्ययनका लागि रोजाइको गन्तव्य बन्दै ‘प्यासन जापानीज ल्याङ्वेज स्कुल इटहरी

इटहरी /  इटहरी पश्चिम लाइनमा सञ्चालनमा रहेको प्यासन जापानीज ल्याङ्ग्वेज स्कुलमा जापान अध्ययन तथा काम  गर्न चाहने विद्यार्थीका लागि विशेष तयारी कक्षा सञ्चालन भइरहेको छ।

यस स्कुलका संचालक केपी गुरागाईंले विगत १५ वर्षदेखि जापानी भाषा र अध्ययनको क्षेत्रमा निरन्तर सेवा दिँदै आउनुभएको छ। उहाँकै नेतृत्वमा सञ्चालन भइरहेको स्कुलमा अहिले जापानको ब्याचलर डिग्री, एसएसडब्लु (SSW) भिसा तयारी, साथै एन५ र एन४  तहसम्मका तयारी कक्षा विशेष छुटका साथ  सञ्चालन भइरहेका छन्।

स्कुलमा १० वर्ष जापानमा बसेर अनुभव प्राप्त गरेका प्रशिक्षकहरूले कक्षा लिने व्यवस्था गरिएको छ। यहाँ स्पेसल तथा नर्मल दुवै खालका कक्षा सञ्चालन भइरहेकाे सञ्चालक गुरागाईंले बताउनुभयो । 

सञ्चालक गुरागाईंका अनुसार २०२६ को एप्रिल इन्टेकमा विद्यार्थी भिजाका लागि जापानका प्रतिष्ठित ‘ए ग्रेड’ कलेजहरूसँग इन्टरभ्युको प्रक्रिया चलिरहेको छ। कक्षा १२ को परीक्षा दिइसकेका विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो।
यसका साथै, स्कुलले कोरिया अध्ययन  को तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ। “जहाँ इटहरीमा प्यासन स्कुल, त्यहाँबाट जापानको सुनिश्चित यात्रा,” स्कुलको मूल नारा सहित सेवा दिदै आएकाे स्कुलले जनाएको छ ।