विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले लघु उद्ममीलाई प्रविधि हस्तान्तरण गरेको छ । गरिबी निवारणका लागि उद्मम विकास कार्यक्रम अन्तर्गत ३८ जनालाई विभिन्न सामाग्री प्रदान गरेको हाे । सहभागीलाई उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत विनाेद कुमार न्याैपानेले सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
अचराको इम्ब्रोडरि मेसिन, सिलाईकटाई मेसिन, ईन्टरलक मेसिन, कुटानि पिसानि मिल, मिक्सचर, अचारको तालिमको लागि कराई,आरि,भट्टि चुला,सिलिन्डर, बेकरिको लागि ओभन,राउण्ड टेबल वितरण गरिएको हाे ।
आर्थिक समृद्धिकाे आधार, लघु उद्यम मार्फत राेजगार भन्ने नारा सहित याे कार्यक्रम केही वर्षदेखि चलिरहेको छ ।