लेटाङ: लागुऔषध ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह लागुऔषध ब्राउन सुगरसहित मोरङ लेटाङ नगरपालिका-९ का २२ बर्षीय प्रबिन बिष्टलाई पक्रउ गरेको हो।
मोरङको बिराटनगर महानगरपालिका- १५ स्थितमा चेक जाँचको क्रममा बिष्टको साथबाट ब्राउन सुगर ९ ग्राम ३१ मिलिग्राम सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।