सुन्दरहरैँचा: लायन्स क्लब अफ इन्द्रपुरले आँखा शिबिर सञ्चालन गर्ने भएकाे छ । आँखा पाक्ने राेग माहामारीकाे रुपमा देखा परेसङ्गै आँखाका विरामी हुने क्रम बढेकाले भाद्र ८ गते शुक्रबार शिबिर सञ्चालन गर्न लागिएकाे लायन्स क्लब अफ इन्द्रपुरका सचिव कृष्ण ओझाले बताए । माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ११ मा रहेकाे हिमालय आधारभूत विद्यालयमा साे शिबिर हुने छ । आँखाका बिरामीहरुलाई समयमै पहिचान गरी उपचार गर्ने उदेश्यका साथ नव द्रिष्टी आँखा अस्पताल इटहरीकाे प्रविधिक सहयाेगमा शिविर सञ्चालन हुने बताइएकाे छ ।
