विराटचाेक: माेरङकाे सुन्दरहरैँचामा भएको लाेकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन नेपाल सुन्दरहरैँचा नगर कार्यसमितिको आयाेजनामा भएको कार्यक्रममा १३ वटा विद्यालयले सहभागीता जनाएका थिए ।
जेसीज भवनकाे सभाहलमा शुक्रबार भएको कार्यक्रममा सिनियर तर्फ हिमालय अङ्ग्रेजी स्कुल सुन्दरहरैँचा १० प्रथम भएको छ । यस्तै दाेस्राे सनसाइन एकेडेमी र तेस्रो रेस्नल चिल्ड्रेन भएको छ । यसैगरी जुनियर तर्फ भएको प्रतियोगितामा विराट एकेडेमी प्रथम भएको छ । यसैगरी दाेस्राे ब्लु वेल चिल्ड्रेन र तेस्रो हिमालय अङ्ग्रेजी स्कुल भएको हाे । प्रतियोगितामा बिजेतालाई मेडल, प्रमाणपत्र र सिल अतिथिहरूबाट प्रदान गरिएको छ ।
एनप्याब्सन नगर अध्यक्ष सुरेश खबासको अध्यक्षता सुरु भएको कार्यक्रममा नगरप्रमुख केदार प्रसाद गुरागाईंले कार्यक्रमको उदघाट्न गरेका थिए। सांस्कृतिक संरक्षण, पुस्ता हातान्तरण गर्न र पढाई संगै अतिरिक्त क्रियाकलापबाट सिक्नुका साथै प्रतिभा उजागरगर्नका लागी यस्ता किसिमका रचनात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाहमा टेवा पुगेको नगर प्रमुख गुरागाईंले बताएका छन् ।