कृषि-बातावरण फिचर समाचार

लिटल पिस हेभन ऐकेडेमीले धान दिवस मनायाे

इटहरी १९ मा रहेको लिटल पिस हेभन इङलिस ऐकेडेमीका विद्यार्थीले शुक्रबार राष्ट्रिय धान दिवस मनाएका छन । असार १५ अर्थात राष्ट्रिय धान दिवस भोलि शनिबार विदाको दिन भएकाले विद्यार्थीले सम्झनास्रुप आजै धान दिवस मनाएका हुन । प्रमुख अतिथि इटहरी १८ का वडा अध्यक्ष रामकुमार चौधरीले भुमि पुजा गरि धान रोपाइ सुरु गर्नु भएको थियो । धान रोप्नका लागि स्थानिय पदम बहादुर बस्नेतले जग्गा उपलब्ध गराउनु भएको लिटल पिस हेभन इङलिस ऐकेडेमीका शिक्षा निर्देशक नविन सुबेदीले बताउनु भयो ।

परम्परागत ज्ञान र सीपको विकास गराउने उद्देश्यले लिटल पिस हेभन इङलिस ऐकेडेमीले राष्ट्रिय धान दिवस मनाएको स्कुलका प्रिन्सिपल कुसुम राइले बताउनु भयो । उहाका अनुसार विद्यार्थीहरुले कक्षा कोठाभित्र कितावको ज्ञान मात्रै पाउने भएकोले व्यवहारिक शिक्षा प्राप्त होस भन्ने उदेश्यले हिलो खेतमा पुगेर धान रोपाइँ गरि दिवस मनाइएको उहाले बताउनु भयो ।


विद्यार्थीहरुले धान रोप्दै हिलो खेल्दै एक अर्कामा खुसी साटेका छन । विद्यार्थीहरुले सामाजिक क्रियाकालपका साथ साथै धान रोप्ने विधी, माटोको तयारी, पानी र मलको प्रयोगसहित वीउको अवस्था, वीउलाई उचित व्यवस्थान लगायतका बारेमा व्यवहारिक ज्ञान प्राप्त गरेका छन् । त्यस अलवा सामुहिक भावना र अनेकतामा एकताको शन्देश समेत विद्यार्थीहरुले अनुभव लिएका छन । विद्यार्थीहरुलाई राष्ट्रिय धान दिवस भनेको के हो ? यो किन मनाइन्छ ? आदी विषयमा विद्यार्थीहरुलाई जानकारी दिने हेतुले व्यबारीक ज्ञानको विकास होस भन्ने उदेश्यले फिल्डमै लगेर धान रोपीएको लिटल पिस हेभन इङलिस ऐकेडेमीका शिक्षा निर्देशक नविन सुबेदिले बताउनु भयो ।

सो धान रोपाइ कार्यक्रमा लिटल पिस हेभन इङलिस ऐकेडेमीका शिक्षक शिक्षीका , १८ का वडा अध्यक्ष रामकुमार चौधरी , रेडक्रश हाशपोसा साखाका सभापति सुमन दाहाल , धान रोप्नका लागि जग्गा उपलब्ध गराउनु हुने जग्गा दाता पदम बहादुर बस्नेत , वाजसेवी सुर्यबहादुर थापा , विध्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज पौडेल लगाएयत सहभागी हुनु भएको थियो । दिवसमा स्कुलका विद्यार्थीहरु, शिक्षक–शिक्षिका र उपस्थित सबै अतिथिहरुले रोपाइँसहित दहि, चिउरा, चिनी, केरा, आँप खाएका थिए ।