कोशी प्रदेश फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

लेखनाथ पौडेलको जन्म जयन्तीका अवसरमा सुन्दरहरैँचामा वक्तृत्वकला सम्पन्न 

विराटचाेक / कवि शिरोमणि लेखनाथ पौडेलको जन्म जयन्तीको अवसरमा सुन्दरहरैँचामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विराट साहित्य समाज सुन्दरहरैँचाको आयोजना र पौडेल वंश प्रतिष्ठानको प्रायोजनमा माध्यमिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा शिक्षा निकेतन माध्यमिक विद्यालयकी छात्रा विपस्वी पोखरेल प्रथम भइन्। पञ्चायत माध्यमिक विद्यालयकी जानुका मगर द्वितीय, साजिलाल माविका संस्कार पोखरेल तृतीय र सुकुना माविकी साधना तिम्सिना सान्त्वना स्थानमा रहिन्।

विजेता विद्यार्थीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो। प्रथम स्थान हासिल गर्नेलाई रु. ३ हजार, द्वितीय स्थान प्राप्त गर्नेलाई रु. २ हजार, तृतीय स्थान प्राप्त गर्नेलाई रु. १ हजार ५ सय र सान्त्वना स्थान प्राप्त गर्नेलाई रु. १ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

विराट साहित्य समाजका उपाध्यक्ष विदुर सुवेदीको अध्यक्षता र पीतकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन डा. दीपक न्यौपानेले गरेका थिए। कार्यक्रममा पौडेल वंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष ज्ञानप्रसाद पौडेल, महासचिव रामप्रसाद पौडेल, लेखा समिति संयोजक गोपालप्रसाद पौडेल, फडिन्द्र पौडेल लगायतको उपस्थिति थियो। साथै साहित्य समाजका सल्लाहकारहरू प्रेमप्रसाद भट्टराई, अमृतप्रसाद आचार्य, सचिव एमणि अधिकारी र डिल्लीरमण घिमिरे पनि कार्यक्रममा सहभागी थिए।