खेलकुद फिचर समाचार स्थानिय

लेटाङमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लेटाङ / लेटाङमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । आज लेटाङ ४ स्थित कबर्ड हलमा लेटाङ ब्याडमिन्टन क्लबको आयोजनामा ब्यासमिन्टन च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ ।

खेलको ए पोल तर्फ बाट कृष्ण राज राई र बिष्णु मगर प्रथम भए । बि पोल तर्फ सबिन जंग निरौला र गजेन्द्र मगर प्रथम भए । ए पोल तर्फ द्वितीय हुनेहरुमा पन्चनान राई र दिपक राई भए । बि पोल बाट द्वितीय हुनेहरुमा बेलबहादुर शिरीष र चिरिन्जिबी कटेल भए ।

लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता तथा पुर्व नगरप्रमुख शंंकर राईको बिशिस्ट आतिथ्यता तथा वडा अध्यक्षहरु डम्बर राई , राम श्रेष्ठ लगायतको आतिथ्यतामा भएको कार्यक्रममा ४४ जना खेलाडिले सहभागिता जनाएका थिए ।प्रतियोगिताको अध्यक्षता लेटाङ ब्याडमिन्टन क्लबका अध्यक्ष हिक्मत बहादुर खड्काले गर्नुभएको थियो ।