फिचर समाचार

लेटाङमा मेलमिलाप स्थापना दिवसको अवसरमा मेलमिलापकर्तालाई सम्मान

लेटाङः लेटाङ नगरपालिकामा मेलमिलाप स्थापना दिवसको अवसरमा मेलमिलापकर्ता सम्मान तथा मेलमिलापकर्ताका लागि सञ्चालन गरिएको तीन दिने कानुनी पुनर्ताजगी तालिम समापन गरिएको छ ।

“बेलैमा गरौँ मिलाप, नगरौँ विलाप” भन्ने सन्देशसहित आयोजित तालिममा स्थानीय तहमा देखा पर्ने विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने व्यावहारिक सीप, कानुनी कार्यविधि र न्यायिक समितिको अधिकारक्षेत्र सम्बन्धी विषयमा अधिवक्ता गणेशराज लुइँटेलले सहजीकरण गर्नुभएको थियो ।

पुनर्ताजगी तालिम समापन तथा स्थापना दिवस संयुक्त समारोह लेटाङ नगरपालिकाकी उप–प्रमुख तथा न्यायिक समितिकी संयोजक कृष्णकुमारी निरौलाको अध्यक्षतामा भएको थियो ।