खेलकुद खेलकुद फिचर समाचार स्थानिय

लेटाङ खेलकुद महाेत्सव: महिला र पुरूष भलिवलतर्फको उपाधि लेटाङ ७ ले जित्यो

लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत भलिवल खेलमा पुरुष र महिला दुवैतर्फको उपाधि लेटाङ ७ ले जितेको छ । आज मंगलबार लेटाङ भलिवल क्लवको कोर्टमा सम्पन्न भलिबलको पुरुष र महिलातर्फका फाइनल खेलमा विजयी हुँदै वडा नम्बर ७ ले दुवै उपाधिमा कब्जा जमाएको हो ।
पुरुषतर्फको फाइनल खेलमा वडा नम्बर १ लाई ३–२ ले पराजित गर्दै वडा नम्बर ७ ले उपाधि जितेको हो । वेष्टअप फाइभमा खेलाइएको खेलमा पहिलो सेटमा वडा नम्बर ७, दोश्रो सेटमा वडा नम्बर १, तेश्रो सेटमा वडा नम्बर ७ र चौथो सेट वडा नम्बर १ ले जितेपछि भएको पाँचौँ सेटको खेलमा वडा नम्बर ७ ले जित निकाल्दै उपाधिमा कब्जा जमाएको हो ।
यसैगरि आजै तेश्रो स्थानका लागि भएको खेलमा वडा नम्बर ६ विजयी भएको छ । वडा नम्बर ८ लाई ३–२ को सेटमा पराजित गर्दै वडा नम्बर ६ ले तेश्रो स्थान हासिल गरेको हो ।
यसैगरि लेटाङ खेलकुद महोत्सव अन्तरगत आज मंगलबार सम्पन्न महिला भलिवलतर्फको खेलमा वडा नम्बर ९ लाई ३–१ को सेटमा पराजित गर्दै वडा नम्बर ७ ले उपाधि जितेको छ ।
पहिलो सेटमा वडा नम्बर ७ तथा दोश्रोमा वडा नम्बर ९ विजयी भएकोमा तेश्रो र चौथो सेट लगातार जित्दै वडा नम्बर ७ च्याम्पियन बनेको हो । यसैगरि महिला भलिवलतर्फ आजै तेश्रो स्थानका लागि भएको खेलमा वडा नम्बर ३ लाई ३–१ ले पराजित गर्दै वडा नम्बर ५ विजयी भएको छ ।
पुरुष र महिला भलिवलतर्फ प्रथम हुने टीमले ट्रफिसहित नगद ४० हजार, दोश्रोले २७ हजार र तेश्रोले १३ हजार ५ सय पुरस्कार पाउनेछन् । भोलि बुधबार जनसेवा खेल मैदानमा हुने समापन समारोहमा पुरस्कार वितरण गरिनेछ । महिला भलिवलतर्फ ९ वटै वडाले सहभागिता जनाएका थिए ।