विराटचाेक: विश्व वातावरण दिवसका अवसरमा इन्द्रपुर जेसीजले वृक्षारोपण कार्यक्रम गरेको छ । बुधबार माेरङकाे सुन्दरहरैँचा ९ मा रहेकाे इद्रपुर जेसीज सचिवालय परिसरमा वृक्षारोपण गरिएको हाे ।

विश्वव्यापी रूपमा देखापरेका जलवायु परिवर्तनकाे असर न्यूनीकरण गर्न र वनस्पति संरक्षण गर्ने उदेश्यले याे कार्यक्रमकाे आयाेजना गरिएको इन्द्रपुर जेसीजका अध्यक्ष उत्सव थापाले बताउनु भयाे । यसै अनुरूप सचिवालय परिसरमा रहेकाे खाली जग्गामा वृक्षारोपण गरिएको समेत बताउनु भयाे ।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की, इन्द्रपुर जेसीजका पदाधिकारी, जुनीयर जेसीज लगायतकाे उपस्थिति रहेकाे थियो ।


याे वर्ष हाम्रो ‘भूमि हाम्रो भविष्य’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ ।


